Tuesday, April 21

लागूऔषध सहित १ जना पक्राउ

नेपाल अखबार, पाेखरा।  बैंकको जागिर छाडेर लागु औषध कारोबारमा संलग्न एकजनालाई प्रहरीले पक्रेको छ ।  जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारको संयुक्त टोलीले पोखरा महानगरपालिका–११ बस्ने बिशाल धमाललाई पक्राउ गरेको हो ।

पोखरा–११ स्थित तुल्सिमार्ग बस्ने २७ वर्षीय बिशालले बैंकको जागिर छाडेर लागु औषध कारोबार शुरु गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरिक्षक (एसपी) जीवन श्रेष्ठले जानकारी दिए ।  बिशालको कोठाबाट प्रहरीले ३ केजी ४ सय ग्राम गाँजा, ३ सय ग्राम चरेश, ३ सय क्याप्सुल ट्रामाडोल चक्की र लागु औषध तौल गर्ने तराजु बरामद गरेको छ । उनलाई लागु औषध नियन्त्रण ऐन–०३३ विरुद्धको कसुरमा अदालतबाट म्याद लिएर थप अनुसन्धान शुरु गरिएको एसपी श्रेष्ठले बताए ।
 

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *