प्रदेश ४स्वास्थ्य

पोखरामा तीन सहित गण्डकी प्रदेशमा पाँच संक्रमित थपिए

नेपाल अखबार, पाेखरा।  पोखरामा आज विहानै तीन जना कोरोना संक्रमित थपिएका छन् ।
वडा नं ७ मा ३७ वर्षीया महिला र ५३ वर्षीय पुरुष तथा वडा नं ८ मा ३८ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्ती गरी जनाएको छ ।
त्यसैगरी नवलपरासीको कावासोती नगरपालिका र मध्यविन्दु नगरपालिकामा एक÷एक संक्रमित थपिएको निर्देशनालयले जनाएको छ । हालसम्म गण्डकीमा संक्रमित दुई हजार ९९ पुगेका छन् ।

the authoradmin

Leave a Reply