प्रशासनसमाचार

आन्तरिक उडान भदौ मसान्तसम्म बन्द

नेपाल अखबार, काठमाडौं । सरकारले आन्तरिक उडान भदौ मसान्तसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो । यसअघि भदौ आन्तरिक उडान भदौ १५ गते मध्यरातसम्मका लागि रोक लगाइएको थियो । त्यस्तै बैठकले रोजगार खुलाइएका विभिन्न गन्तव्य मुलुकहरुका लागि श्रम स्वीकृति खुला गर्ने निर्णय गरेको छ ।
श्रोतका अनुसार रोजगार खुला गरिएका गन्तव्य मुलुकको हकमा मात्र यस्तो निर्णय गरिएको हो । त्यस्तै बैठकले भदौ १६ गतेदेखि सुरु गर्न लागेको नियमित (बाहिरी) उडानमा केही थप्ने सैद्धान्तिक निर्णय गरेको छ । यसअघि दैनिक ५ सयभन्दा बढी नागरिकलाई नल्याउने भन्ने निर्णयमा हेरफेर गर्दै दशैं, तिहार लगायतका चाडपर्वलाई मध्यनजर गर्दै नियमित उडानमा थप गर्ने निर्णय गरेको छ ।

the authoradmin

Leave a Reply