Uncategorizedपत्रपत्रिकाविचारविश्वसमाजस्वास्थ्य

कोभिड संक्रमण र सामाजिक आतंक

Nepal Akhabar

मानव सभ्यताको २१औँ शताब्दीसम्म आइपुग्दासम्म धेरै बैज्ञानिक चमत्कारहरु भए, मानव सभ्यता सँगसँगै धेरै खोजहरुको विकास भयो, जसको फलस्वरुप अहिलेको अवस्थासम्म आइपुग्दा हामीले जिउने जीवनशैलीमा जमीन आकाशको फरक भएको छ । पहिले दैनिक जीवनयापन सँग जोडिएको हाम्रो जीवन अहिले खोजमुलक, सभ्यतामुलक, सुविधायुक्त जीवनशैली र भविष्य सँग जोडिएर जिउने क्रमको विकास अगाडी बढेको पाइन्छ । जतिजति विकासकोक्रम अगाडी बढ्छ त्यस सँगै विनास पनि हामीले देखेका, भोगेका र सुनेका छौं, बेला बखतमा प्राकृतिक प्रकोप लगायत विश्व भरमा नै देखापर्ने महामारीले हाम्रो जीवनशैलीलाई प्रभावित बनाएको छ, अहिले फेरी कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण समग्र विश्व नै स्तव्ध र तनावको स्थितीमा छ, विश्वभर पेण्डेमिक रुपमा फैलिएको यसको संक्रमणले बिस्तारै सदियौदेखि मिलेर बसेका हामीलाई मानिस देखि मानिस नै डराउनु पर्ने, एक ठाउँमा थुनिएर बस्नु पर्ने, एक अर्कालाई समस्यामा पनि सहयोग गर्न नपाइने, तपाई हाम्रा पेशा व्यवसाय, हाम्रो पारिवारिक जीवन, सामाजिक जीवन अ‍ैँचोपैँचो, आईजाई सबैमा प्रश्न चिन्ह खडा गरेको परिस्थिति छ ।
कोरोना भाइरसको पहिचान डिसेम्बर २०१९ मा वुहान हुवेइ, चाइनामा भएको हो । डव्लु.एच.ओ. का अनुसार कोरोना भाइरस भाइरसहरुको ठूलो परिवार हो जसको कारण जनावर वा मानिसमा बिरामी पैदा गर्ने हुन्छ । मानिसमा कोरोना भाइरसका कारणले श्वासप्रश्वासमा इन्फेक्सन हुने हुन्छ, जसका कारण रुघाखोकी देखि सिभियर रोगहरु जस्तैकी ःष्ममभि भ्बकत च्भकउष्चबतयचथ क्थलमचयmभ ९ःभ्च्क्० र क्भखभचभ ब्अगतभ च्भकउष्चबतयचथ क्थलमचयmभ ९क्ब्च्क्० हुनसक्छ । अहिले पहिचानमा आएको कोरोना भाइरस रोग ऋइख्क्ष्म्(ज्ञढ का कारणले हो । यो रोगको संक्रमण पछि ज्वरो आउने, खोकी लाग्ने, थकान महशुस हुने, स्वास फेर्न गाह्रो हुने, स्वाद थाहा नहुने हुन सक्छ ।
हाम्रो जनजीवनलाई ध्वस्त पार्ने गरी कोरोनाले हाम्रो समुदायमा डेरा जमाएको करिव ६ महिना भैसकेको छ यस अवधि सम्ममा न त यसको भ्याक्सिन पत्ता लागेको छ, न त यति समयमा पत्ता लाग्छ भन्ने कुनै ठेगान छ । एक पटक नेगेटिभ देखिदैमा पोजेटिभ हुँदैन भन्ने पनि छैन, पोजेटिभ देखिदैमा अब सञ्चो नै हँुदैन भन्ने पनि छैन, आइसोलेसन यसको यसको उपचार पद्धति पनि हैन, कुनै पनि स्वस्थ्य मानिसले जाँच गराउदा पनि कोरोना पोजेटिभ देखिने र नदेखिने सम्भावना आधा आधा नै रहन्छ । आइसोलेसन र क्वारेन्टाइन भनेको संक्रमण नफैलोस् भनेर गरिने उपचार विधि मात्र हो । कोरोना सम्पर्कमा आएका सबैलाई कोरोना सरेको भन्ने पनि छैन, साधारण माक्सको प्रयोग गर्नाले कोरोनाको संक्रमण रोक्न सक्छ भन्ने पनि छैन, सामान्य रुघाखोकी लाग्दा समेत औषधि खानुपर्ने अवस्थामा विना औषधी ६५.६ प्रतिशत बिरामी निको भएको देखिन्छ । कोरोना लाग्ना साथ मान्छे मर्छ भन्ने कुरा गलत सावित भैसकेको छ । तपाई हामीले स्वास लिने वायुमण्डलमा कैयन प्रकारका भाइरसहरु जिवित रुपमा रहिरहेका छन्, त्यस्ता भाइरसहरुलाई मानिसले आफै पचाउन सक्दैनथ्यो भने मानव जीवनको अस्तित्व नै समाप्त हुने थियो, त्यस्ता कैयन प्रकारका भाइरसहरुलाई मानिसले सहज रुपमा पचाउन सक्दछ । यसरी कोरोना सँग भाग्ने हो भने डराउने हो भने मानव अस्तित्व नै समाप्त हुने प्रायः निश्चित छ । विश्वभरमा यस्ता कैयन रोगहरुले महामारीको रुप धारण गरे र ठूलो परिणाममा मानव जीवनको नास भएको कुरा इतिहासका पानाबाट थाहा पाउन सकिन्छ ।
यी सबैका बाबजुत अहिले समुदायमा कोरोनाको संक्रमणका कारणले भन्दा पनि यसको कहरले वढि क्षती भएको पाइन्छ । मानव सभ्यताको विपरित सामाजिक सद्भाव विथोलिने गरी व्यवहार गरेको देखिन्छ । अग्रपंतीमा रहेका सुरक्षा प्रदान गरिरहेका स्वास्थ्यकर्मी, शुरक्षाकर्मी र समन्वयकारी भूमिका निर्वाह गर्ने जनप्रतिनिधीहरुप्रति समुदाय जिम्मेवार हुनुपर्नेमा वहाँहरुलाई नै सामाजिक बहिस्कार गर्ने जस्ता परिपाटिको विकास भएको देखिन्छ । आजका मिति (३० अगष्ट २०२०) सम्ममा विश्वभरका १८८ राष्ट्रहरुमा २ करोड ५० लाख जना कोरोनाको संक्रमणमा रहेको तथ्याङ्कले देखाउछ, भने संक्रमित मध्ये ८ लाख ४३ हजारको (३ प्रतिशतको) मृत्यु भएको छ त्यस्तैगरी १ करोड ६४ लाख (६५.६ प्रतिशत) सन्चो भएर घर फर्केको अवस्था छ भने बाँकीे उपचार गराई रहेका छन् । जबसम्म हामीले यसरी संक्रमणको रुपमा फैलने रोगहरु वा अन्य अवस्थामा हामीले हामी विचको सदाचार, एकतालाई भुल्यौं भने हाम्रा सामाजिक मुल्य मान्यताहरुलाई भुल्यौं भने समुदायमा देखापर्ने यस्ता खालका संक्रमणले हामीलाई सजिलै परास्त गर्न सक्दछ ।
अहिलेको परिस्थिति तपाई हामी जो कसैलाई पनि यो संक्रमण हुनसक्छ, तसर्थ संक्रमितहरुलाई हेयको भावना हैन, उत्प्रेरण जगाउने र माया ममताको आवश्यकता छ । एक पटक सोचौं त यो संक्रमण तपाई हामीलाई वा तपाई हाम्रो परिवारलाई देखिएको÷देखिने हो भने हामी के गथ्र्यौं होला ? सोचौं त यो संक्रमण तपाई हामीसम्म नपुगोस् यसलाई फैलनबाट रोक्न सकियोस् भनेर सरकार र यसका संयन्त्रहरु प्रशासन, स्वास्थ्य जनप्रतिनिधीहरु दिनरात नभनी लागी नपर्नु भएको भए अझै अवस्था कस्तो हुन्थ्यो होला ? यस्तो अवस्थामा हाम्रो लागि पहरेदारको रुपमा रहेकाहरुको स्वास्थ्य अवस्था, सामाजिक जीवनको बारेमा सोच्ने जिम्मेवारी तपाई हाम्रो हैन त ? कसरी हामी सबै कुरा भुली हेलाको भाव अगाडि बढाउन सक्छौं ? माया साटे माया बढ्छ भन्ने कुरा कसरी चटक्क बिर्सन सक्छौं ? जसरी हामी परापूर्व कालदेखि मिलेर बसेका छौं त्यो सद्भावलाई सदैव कायम राख्न जरुरी छ । तपाई हाम्रै लापरवाहीका कारण दिनदिनै संक्रमण बढ्नेक्रम जारी छ । तसर्थ यसलाई रोक्न हामी सबै सचेत हुन जरुरी छ, तपाई हाम्रो परिवारमा र छरछिमेकमा अझै चेतनाको स्तर उकास्न जरुरी छ ।
संसार प्रेममा अडिएको छ, प्रेम बाढौं ।

लेखक किशोर बराल पोखरा महानगरपालिका वडा नं. ७ का वडा सदस्य हुनुहुन्छ ।

Leave a Reply