प्रदेश ४समाचारस्वास्थ्य

गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि

नेपाल अखबार, पाेखरा। गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको विवरण अनुसार संक्रमित पोखरा महानगरपालिकाका ५ जना र माछापुच्छ्रे गाउँपालिका १ जना रहेका छन् ।
क्षयरोग उपचार केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा आइतबार बिहान उनीहरुमा कोरोना पोजेटिभ देखिएको छ । संक्रमित माछापुच्छे« गाँउपालिका वडा नम्बर ३ का ५७ वर्षिय पुरुष रहेका छन् ।

त्यस्तै पोखरा महानगरका वडा नम्बर १२ का २२ वर्षिय पुरुष , वडा १० का ३६ वर्षिय पुरुष , वडा ८ की १७ वर्षिय महिला, वडा २५ का २६ वर्षिय पुरुष र वडा ५ का ५७ वर्षिय पुरुष रहेका छन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ४ सय ८ पुगेको छ ।

the authoradmin

Leave a Reply