Thursday, April 23

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु

नेपाल अखबार, पाेखरा। नेपालमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १० जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार कोरोना संक्रमण देशभरमा थप १० जनको मृत्यु भएको हो।
मृत्यु हुनेमा ६ महिला र ४ पुरुष रहेका छन्।
मन्त्रालयका अनुसार मृत्यु हुनेमा काठमाडौँका ३ महिला र १ पुरुष, धनुषा, भक्तपुर, ललितपुर, चितवन र रुपन्देहीका १/१ पुरुष रहेका छन्।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४११ पुगेको छ। यो कूल संक्रमितमध्येको ०.६४ प्रतिशत हो।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *