नेपाल अखबार, काठमाडाैं। काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ७६७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्लामा थप ७६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।
मनत्रालयका अनुसार उपत्यकाका काठमाडौँ ६०२ , भक्तपुर १०१ र ललितपुरमा ६४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।
शनिबार उपत्यकामा ७११ जनामा संक्रमण पुष्टि भएको थियो।

