नेपाल अखबार, पोखरा । पोखरामा एक व्यक्ति मृत अवस्थमा फेला परेका छन् ।
पोखरामा महानगरपालिका वडा नं १० स्थित वेलकम गेट नजिकै चौरमा आइतबार अन्दाजी दिउँसो ३:४० बजेको समयमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
मृतक पोखरामा कवाडी संकलन गर्दै हिंड्ने लमजुङ घर भइ हाल पोखरा ७ प्रगति टोल बस्दै आएका ३६ वर्षीय प्रभु भुजेल रहेको प्रहरीले जानकारी दिएको छ ।
मृतकका श्रीमती र छोरी छन् । उनको मृत्युको विषयमा अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।

