Thursday, April 23

आजबाट आन्तरिक उडान सञ्चालनमा

नेपाल अखबार, पाेखरा। कोरोना संक्रमण रोक्न देशव्यापी आह्वान गरिएको बन्दाबन्दीका कारण ठप्प आन्तिरक हवाई उडान छ महिनापछि बल्ल आजदेखी सञ्चालनमा आएको छ ।
नियमित अन्तर्राष्ट्रिय उडान खुला भएको २० दिनपछि आन्तरिक उडान खुला गरिएको हो।वायु सेवा कम्पनीले पूर्ण क्षमतामा उडान गर्न पाउने छन्। तर उड्डयन प्राधिकरणले असोज १६ सम्म २५ प्रतिशतसम्म उडान हुनेगरी तालिका स्वीकृत गरेको छ।
नागरिक उड्डयन प्राधिकरणले उडानका लागि तोकिएका स्वास्थ्य मापदण्ड विमानस्थलमा अपनाइएको जनाएको छ । यसअघि सरकारले असोज १ देखि नै ५० प्रतिशत मात्र यात्रु राखेर आन्तरिक उडान सञ्चालन गर्ने निर्णय गरेको थियो ।
वायु सेवा सञ्चालकले ५० प्रतिशत मात्र यात्रु राखेर उडान गर्न नसकिने अडान राखेपछि असोज ५ गतेलाई सरेको हो ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *