Wednesday, April 22

पछिल्लो २४ घण्टामा काेराेनाबाट ११ सय ५४ संक्रमित, १६ को मृत्यु

नेपाल अखबार, पाेखरा। कोरोना संक्रमणबाट गएको २४ घण्टामा नेपालमा १६ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १६ जनाको कोरोनाका कारण ज्यान गएको छ।
योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ४२७ पुगेको छ।
सोमबार थप १ हजार १५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ६५ हजार २७६ पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ५ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या ४७ हजार २३८ पुगेको छ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ६११ छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *