Wednesday, April 22

प्रहरी व्यवसायीकता झल्किने गरी सेवा प्रवाह गर्न गराउन मातहतका प्रहरी कर्यालयका प्रमुखहरुलाई निर्देशन

नेपाल अखबार, पाेखरा। गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षकघनश्याम अर्यालले प्रत्येक प्रहरी कर्मचारीहरुले सेवा प्रवाह गर्दा जनताक हितलाई मध्येनजर गर्दै तत्कालै जनताले अनुभुती गर्ने गरी उच्च आचरणयुक्त र प्रहरी व्यवसायीकता झल्किने गरी सेवा प्रवाह गर्न गराउन मातहतका प्रहरी कर्यालयका प्रमुखहरुलाई निर्देशन दिएकाछन् ।
आज गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले मातहतका प्रदेश ट्राफिक प्रहरी कार्यालय, गण्डकी प्रदेश सशस्त्र प्रहरी गण, दंगा नियन्त्रण प्रहरी गण साथै ११ वटै जिल्ला प्रहरी कार्यालयका प्रमुखहरुसंग आयोजित भिडियो कन्फरेन्स कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताएका हुन् ।
तालुक गृह-मन्त्रालयका सचिवज्यू साथै संगठन प्रमुख प्रहरी महानिरीक्षकज्यूबाट भएका निर्देशन सम्बोधनहरुलाई मातहतका प्रहरी कर्मचारीहरु समक्ष पुर्‍याई प्रभावकारी कार्यान्वयन गर्ने साथै प्रदेश अन्तर्गतको शान्ति सु-व्यवस्था, नजिकिदै गरेका चाडपर्व विशेष सुरक्षा योजना, अपराध नियन्त्रण तथा अनुसन्धान र प्रहरी सेवा प्रवाहलाई थप चुष्तदुरुष्त एवं समय सान्दर्भिक बनाउने उद्देश्यका साथ उक्त भिडियो कन्फरेन्स कार्यक्रमको आयोजना गरिएको थियो ।
सम्बोधन कै क्रममा प्रहरी नायव महानिरीक्षक अर्यालले प्रहरी संगठन थप परिस्कृत, व्यवस्थित, प्रक्रिया भन्दा परिणाममुखी कार्यसम्पादनमा जोड एंव आम नागरिकका भावनालाई आत्मसाथ गर्न प्रहरी सेवा प्रवाहको गुणस्तर अभिवृद्धि गरी संगठनको सुदृढिकरण र सवलिकरणतर्फ उन्मुख रहेको स्पष्ट पार्दै प्रहरी कर्मचारीहरुबाट हुने कुनै पनि गैर व्यवासयीक,अमर्यादित र अपारदर्शिताका विषयहरु क्षम्य नहुने बताए ।
सोही अवसरमा प्रहरी नायव महानिरीक्षक अर्यालले नजिकिदै गरेका चाडपर्वहरुको सुरक्षा व्यवस्थापनका लागि चाडपर्व विशेष सुरक्षा योजना बनाई पूर्ण सतर्कताका साथ कार्यसम्पादन गर्न गराउन समेत निर्देशन दिएकाछन् ।
साथै प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले प्रदेश मातहतका जिल्ला प्रहरी कार्यालय बाग्लुङ, स्याङजा, नवलपरासी पूर्व र गण्डकी प्रदेश दंगा नियन्त्रण प्रहरी गण तनहुँका प्रमुखहरुसंग गण्डकी प्रदेश प्रहरीकार्यालय, पोखराको “१ वर्षे कार्ययोजना-२०७७/०७८” सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
उक्त कार्यक्रममा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक किरण राणा लगायत अन्य प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *