प्रदेश ४समाचारस्वास्थ्य

गण्डकी प्रदेशमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि

Nepal Akhabar

नेपाल अखबार, पोखरा । गण्डकी प्रदेशमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा बागलुङका र तनहुँ गरि दुई जिल्ला संक्रमित थपिएका छन् ।
बागलुङ काठेखोला वडा नम्बर ३ का १ पुरुष , ७ का २ पुरुष र ५ का १ पुरुष गरि ४ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै तनहुँ शुक्लागण्डकी वडा नम्बर ८ का २ पुरुष , वडा नम्बर ४ का १ पुरुष , वडा नम्बर ५ कि ५७ वर्षिय महिला रहेका छन् । तनहुँको एक संक्रमितको वडा खुलाइएको छैन ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ९ सय ४९ पुगेको छ । सबै संक्रमित कन्ट्याक्ट ट्रेसिङको क्रममा पहिचान भएका हुनर । संक्रमित सबैलाई आईसोलेसनको व्यवस्था गर्ने तयारी भइरहेको निर्देशनालयले जानकारी दिएको छ ।

the authoradmin

Leave a Reply