Uncategorized

प्रधानमन्त्री ओलीको स्वास्थ्य तीब्र गतिमा सुधार , अस्पतालले जारी गर्‍यो विज्ञप्ति

Nepal Akhabar

प्रधानमन्त्री ओलीको स्वास्थ्य तीब्र गतिमा सुधार , अस्पतालले जारी गर्‍यो विज्ञप्ति

सुनाखरी न्युज /काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधारको क्रम जारी रहेको छ । बिहीवार मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्राडा। उत्तम कृष्ण श्रेष्ठले एक विज्ञप्ती जारी गर्दै प्रधानमन्त्रीको स्वास्थ्यको पछिल्लो अवस्थाबारे जानकारी दिएका हुन् । मंगलवार अचानक पेटमा समस्या आएपछि उनलाई अस्पताल लगिएको थियो । अस्पतालमा उनको एपेन्डिक्सको आकस्मिक शल्यक्रिया गरिएको थियो ।
शल्यक्रिया पछि उनलाई सघन उपचार कक्षमा राखेर उपचार गरिराखिएको छ । उनलाई अझै केही दिन सघन उपचार कक्षमै राखेर उपचार गरिने उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् । बुधबारबाट कुराकानी गर्न थालेका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था हेरेरमात्रै कहिले डिस्चार्ज गर्ने भन्ने निर्णय गर्ने चिकित्सकहरुले बताएका छन् ।प्रधानमन्त्री ओलीको स्वास्थ्यमा केही समययता समस्या देखिँदै आएको छ । मिर्गौलामा समस्या देखिएका कारण कात्तिक १३, यता ओलीको पटक–पटक डायलासिस भैसकेको छ । प्रधानमन्त्री ओलीको फेरि मिर्गौला प्रत्यार्पण गर्ने तयारी समेत भइरहेको छ ।

the authoradmin

Leave a Reply