प्रदेश ५प्रशासन

प्रदेश–५ मा ९ हजार प्रहरीलाई आचारसंहिताबारे प्रशिक्षण

Nepal Akhabar

नेपाल अखबार, काठमाडौं । प्रदेश–५ प्रहरी कार्यालय मातहतका ८ हजार ९ सय २४ जना प्रहरी कर्मचारीलाई आचारसंहिताबारे प्रशिक्षण दिइएको छ ।
प्रहरी प्रधान कार्यालयले लागू गरेको नयाँ आचारसंहिता बारे मातहतका १२ वटा जिल्ला, तालिम केन्द्र, प्रदेश ट्राफिक प्रहरी कार्यालय र चौकीसम्म प्रशिक्षण दिइएको हो ।
प्रदेश–५ प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) राजकुमार बैदवारले सेवाग्राहिलाई गर्नुपर्ने ब्यवहार, नैतिकता र अनुशासन बारे प्रशिक्षण दिइएको बताए । रातोपाटीसँग कुरा गर्दै बैदवारले भने–‘सो प्रशिक्षणपछि प्रहरी कर्मचारीको ब्यवहारमा थप परिपक्वता आउने विश्वास लिएका छौं ।’
प्रहरी महानिरिक्षक शैलेश थापा क्षेत्रीले आचारसंहिता सम्बन्धी कार्यादेश–०७७ जारी गरेका थिए । आचारसंहितामा सरुवा, बढुवामा शक्तिकेन्द्रबाट दवान दिन नपाउने कुरा उल्लेख छ । त्यस्तै, नेता र मन्त्रि भेट्न पनि प्रहरी महानिरिक्षकको सचिवालयबाट अनुमती लिनुपर्छ । दुतावासका कर्मचारी र एनजिओका अधिकारीलाई भेट्न पनि निषेध गरिएको छ ।
सेवाग्राहिको गुनासो व्यवस्थापन, अपराध अनुसन्धान र सामाजिक संजालको प्रयोगबारे कर्मचारीलाई प्रशिक्षित गरिएको प्रहरी बरिष्ठ उपरिक्षक बैदवारले बताए । प्रहरी कर्मचारीलाई समाजिक संजालको प्रयोगमा पनि कडाई गरिएको छ ।

the authoradmin

Leave a Reply