Saturday, May 2

सागमा सवारी व्यवस्थापनः चक्रपथभित्र ठूला सवारी निषेध, जोर विजोर प्रणाली लागु गर्ने योजना

सागमा सवारी व्यवस्थापनः चक्रपथभित्र ठूला सवारी निषेध, जोर विजोर प्रणाली लागु गर्ने योजना

सुनाखरी न्युज/
काठमाडौं–  १३ औं दक्षिण एसियाली खेलकुदलाई लक्षित गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन विशेष तयारी थालेको छ।
सवारी व्यवस्थापनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा साग खेलकुद अवधिभर चक्रपथमा ठूला सवारीसाधन प्रवेश निषेध गरिएको जनाकारी दिएको छ।
महाशाखाले सार्वजनिक सूचना जारी गर्दै साग खेलकुदको समयमा सवारीको चाप वृद्धि हुने भन्दै ट्राफिक व्यवस्थापन सहज बनाउन सर्वसाधारणलाई सहयोग गर्न आग्रह गरेको छ।
महाशाखाले साग खेलकुद हुने समय मङ्सिर १५ देखि २४ गतेसम्म ठूला मालवाहक सवारी साधनहरू उपत्यकाको चक्रपथभित्र प्रवेश नगराउन आग्रह गरेको छ।
त्यस्तै दशरथ रंगशाला वरिपरिका सवारी मार्ग सकेसम्म प्रयोग नगरी अन्य वैकल्पिक तथा भित्री सडक प्रयोग गर्न आग्रह गरेको छ।
त्यस्तै सागको उद्घटन र समापन समारोहमा जोरविजोर प्रणाली लागु गर्ने महाशाखाको तयारी रहेको छ। उद्घटन मंसिर १५ गते हुने छ भने समापन २४ गते हुने छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *