समाचारस्वास्थ्य

नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमितको मृत्यु

नेपाल अखबार, पाेखरा। नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभरमा थप ९ जना संक्रमितको मृत्यु भएको हो।
मृत्यु हुनेमा ४ महिला र ५ जना पुरुष रहेका छन्।
मृत्यु हुनेमध्ये काठमाडौँका दुई, ललितपुर र नवलपरासीपूर्वकी एक/एक गरी ४ महिला रहेका छन्। त्यस्तै ललितपुरका २, चितवन, तेह्रथुम र सुनसरीका एक/एक जना पुरुषको पनि संक्रमणबाट ज्यान गएको मन्त्रालयले जनाएको छ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५६३ पुगेको छ।

the authoradmin

Leave a Reply