Tuesday, May 19

गैरकानूनी लाभ लिएको आरोपमा १३ जनाविरुद्ध मुद्दा दायर

नेपाल अखबार, काठमाडाैं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल खानेपानी संस्थान शाखा कार्यालय बुटवल रुपन्देहीका कार्यालय प्रमुख सन्तोष साहसहित १३ जना विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार रुपन्देहीका विभिन्न खानेपानी आयोजनाको ठेक्का दिँदा गैरकानूनी लाभ लिई सरकारी स्रोतको दुरुपयोग गरेको पाइएको छ ।
आयोगले शाह विरुद्ध विभिन्न चार वटा मुद्दा दायर गरेको छ ।
आयोगले साह विरुद्ध कूल रु २२ लाख बराबरको बिगो दावी गर्दै मुद्दा दायर गरेको छ ।
आयोगले अनिता निर्माण सेवाका सञ्चालक शान्ती राना, सन्तोष साहका बाबु नारायण साह सुडीलगायत विभिन्न निर्माण व्यवसायी कम्पनी र व्यवसायीले गलत कामलाई प्रश्रय दिई भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरिएको छ । रासस

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *