समाचारस्वास्थ्य

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १२ मृत्युकाे

Nepal Akhabar

नेपाल अखबार, पाेखरा। पछिल्लो २४ घण्टामा नेपालमा थप १२ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । जसमा ४ जना महिला तथा ८ जना पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेमा काठमाडौंकी ७९ वर्षीय, ललितपुरकी ७३ वर्षीय, भक्तपुरकी ८२ वर्षीय तथा सुर्खेतकी ८२ वर्षीय महिला रहेकी छिन् ।
त्यस्तै सुनसरीका ३९ वर्षीय तथा धनुषाका ७० वर्षीय पुरुषकाे मृत्यु भएकाे छ । यसैगरी काठमाडौंका ५८ तथा ९१ वर्षीय पुरुषको समेत कोरोनाबाट मृत्यु भएकाे छ । यता चितवनका ८१ वर्षीय २ जना तथा ९२ वर्षीय पुरुषले समेत कोरोनाबाट मृत्यु भएकाे छ।
कास्कीका ८३ वर्षीय पुरुषको समेत कोरोनाबाट ज्यान गएको छ ।
यससंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ५ सय ९० पुगेको छ ।

the authoradmin

Leave a Reply