प्रशासनसमाचारस्वास्थ्य

कर्मचारीमा कोरोना देखिएपछि यातायात व्यवस्था कार्यालय बन्द, सेवाग्राहीलाई सचेत रहन आग्रह

नेपाल अखबार, काठमाडौं । यातायात व्यवस्था कार्यालय एकान्तकुनाका कर्मचारीमा कोरोना संक्रमण भएपछि अनिश्चितकालका लागि कार्यालय बन्द गरिएको छ । सो कार्यालयका ५ जना कर्मचारीमा पीसीआर परीक्षण गर्दा ४ जना कर्मचारीमा संक्रमण देखिएकोले अर्को सूचना जारी नहुञ्जेलका लागि आइतबारबाट सेवा प्रवाह बन्द गरिएको कार्यालय प्रमुख शम्बरबहादुर कार्कीले रातोपाटीलाई जानकारी दिए । कार्यालयको गेटमा बस्ने सुरक्षा गार्ड, पैसा तिर्ने ठाउँमा रसिद काट्ने, लाइसेन्स वितरण गर्ने कर्मचारीमा संक्रमण देखिएको हो ।
३ दिनअघि स्वाव दिएर काम गरिरहेका उनीहरुको शनिवार कोरोना पोजिटिभ रिर्पोट आएपछि कार्यालय बन्द गरिएको कार्कीले जानकारी दिए । यस्तै यातायात व्यवस्था कार्यालय सानो भ¥याङ, भक्तपुरको जगतेमा रहेको कार्यालयका कर्मचारीमा पनि संक्रमण देखिएपछि बन्द रहेका छन् । कार्यालय प्रमुख कार्कीले शनिवारअघिसम्म सेवा लिन आएका सेवाग्राहीलाई आफूमा संक्रमण भएको छ कि भन्ने कुरामा निगरानी र ख्याल राख्न आग्रह गरेका छन् ।

the authoradmin

Leave a Reply