Thursday, April 23

९० प्रतिशतभन्दा बढी मत पाउँदै ताजिकिस्तानको राष्ट्रपतिमा इमोमाली पुनः निर्वाचित

नेपालअखबार, एजेन्सि। ताजिकिस्तानका प्रभावशाली नेता इमोमाली राख्मोन ताजिकिस्तानको राष्ट्रपतीय निर्वाचनमा अत्यधिक मतसहित विजयी भएका छन्।
निर्वाचन आयोगका अनुसार नेता इमोमालीले ९० प्रतिशतभन्दा बढी मत प्राप्त गरे।
विपक्षीहरुको खासै उपस्थिति नरहेको ताजिकिस्तानमा ६८ वर्षीय इमोमाली ताजिकिस्तान स्वतन्त्र भएयता सबैभन्दा बढी अवधि शासनमा रहनेछन्। तत्कालीन सोभियत संघबाट अलग्गिएको ताजिकिस्तानले स्वतन्त्रता प्राप्त गरेलगत्तै नुरसुल्तान नजरबायेभ सबैभन्दा लामो अवधि राष्ट्रपति बनेका थिए।
केन्द्रीय निर्वाचन आयोगका अनुसार चुनावमा ८५ प्रतिशतभन्दा बढी मतदान भएको थियो।
छिमेकी मुलुकहरु किर्गिस्तान र पूर्व सोभियत गणतन्त्र बेलारुसमा हालै सम्पन्न निर्वाचनमा व्यापक धाँधली भएको भन्दै विरोध जारी छ। तर ताजिकिस्तानमा त्यस्तै परिस्थिति उत्पन्न हुने तत्काल सम्भावना देखिएको छैन।
तर राख्मोन र उनको सरकारले कोरोनाभाइरसका कारण अर्थतन्त्रमा संकट व्यहोर्नु परिरहेको छ। पाँच लाखभन्दा बढी ताजिकहरु खासगरी रुसमा रोजगारीका लागि गएका छन्।
लन्डनस्थित एक अनुसन्धान संस्था आइएचएस मार्किटका विश्लेषक अलेक्स कोक्चारोभले अघिल्लो वर्षको तुलनामा यस वर्ष विप्रेषणमा १५–२५ प्रतिशतले कमी आएको बताए। रासस/एएफपी

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *