Friday, April 24

ताप्लेजुङको पहिरोमा उद्धारका लागि हेलिकोप्टर पुग्यो

नेपालअखबार, पाँचथर ।  ताप्लेजुङ जिल्ला सिरीजंघा गाँउपालिका–७ खेवाङमा बिहीबार राति गएको पहिरोमा परेर घाइते भएकाहरूको उद्धारका लागि हेलिकोप्टर घटनास्थलमा पुगेको छ। अविरल बर्षसंगैको पहिरोमा परेर घाइते भएका ३५ वर्षीय विष्णु अधिकारीलाई हेलिकोप्टरमार्फत सदरमुकाममा रहेको हेलिप्याडमा ल्याएर उपचार गर्ने र थप उपचार गर्नुपर्ने भएमा त्यही हेलिकोप्टरबाटै विराटनगर पठाउने तयारी छ।

हेलिप्याडमा घाइतेको उपचारका लागि डक्टरहरु पुगिसकेको ताप्लेजुङका प्रजिअ महेशकुमार पोखरेलले जानकारी दिनुभयो । पहिरोमा परी ३४ वर्षीय यशोदा अधिकारी र ५९ वर्षीय तुलसा अधिकारीको मृत्यु भएको प्रजिअ पोखरेलले बताउनु भयो ।

Advertisement

गृहमन्त्री खाणले पहिरोबाट थप क्षति हुन नदिन सतर्क रहन गृह प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिइसक्नुभएको छ । उहाँको अध्यक्षतामा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समिति बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना पारित गरिसकेको छ।