प्रशासनसमाचार

विद्यार्थीको मृत्युपछि फरार डोजर चालक पक्राउ

नेपालअखबार, गुल्मी । गुल्मीमा सडक खन्ने क्रममा फालेको ढुंगाले लागेर विद्यार्थीको मृत्यु भएपछि फरार डोजर चालक पक्राउ परेका छन् ।

गत जेठ २६ गते बिहान गुल्मी मुसिकोट नगरपालिका वडानम्बर–२ निवासी १४ वर्षका गगन रायमाझी स्कुल जादै गर्दा बा २ क ९४६७ नम्बरको डोजरले फालेको ढुंगाले लागेर मृत्यु भएको थियो ।

विद्यार्थीको मृत्यु भएपछि फरार रहेका रेसुङ्गा नगरपालिका वडा नम्बर–१२ निवासी शेरबहादुर बिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) माधवराज खरेलले बताए । बिकलाई आफन्तको घरमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका डोजर चालक बिकलाई जिल्ला प्रहरी कार्यालय गुल्मीमा राखेर थप अनुसन्धान भइरहेको डीएसपी खरेलले बताए । रासस

the authoradmin