Friday, April 24

अध्यक्ष नेपाल : एमालेबाट निर्वाचित क्षेत्रमा हामी दाबी गर्छौं

नेपालअखबार, काठमाडाैं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्कालिन एमालेबाट निर्वाचित क्षेत्रलाई दाबी गर्ने बताएका छन् । पार्टीको पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै उनले एमालेबाट निर्वाचित भएको क्षेत्रबाटै एकीकृत समाजवादीले गठबन्धनमा दाबी गर्ने बताए ।‘

आगामी प्रदेश र संघको चुनाव आउँदै छ । अब यहीँ पाँच दलीय गठबन्धन नै जाने छ’ नेपालका भनाइ उदृत गर्दै बैठकमा सहभागी दिनेश राईले भने, ‘अब सीट बाँडफाँड गर्दा तत्कालिन एमालेबाट निर्वाचित भएका क्षेत्रमा एकीकृत समाजवादीका सांसद छन् त्यहाँ हाम्रो दाबी रहन्छ ।’ स्थानीय तहको चुनावमा समेत यसअघि निर्वाचित पार्टीका आधारमा बाँडफाँड गरिएकाले प्रदेश र संघमा समेत त्यस्तै हुने नेपालले बताए ।

Advertisement

अरु स्थानीय तहको चुनावी मतभारका आधारमा भागवण्डा हुन सक्ने बताए । आगामी प्रदेश र संघको चुनावबाट एकीकृत समाजवादीले राम्रो नतिजा ल्याएपछि निर्णायक शक्ति हुने नेपालको भनाइ छ । स्थानीय चुनावमा सोचे जस्तो नतिजा नआएपनि चित्त बुझाउनुपर्ने बताए ।