
सपना क्षेत्री, पर्वत । पर्वतकाे तिलाहारमा पैदल मार्गमा रेलिङ राख्ने कार्य सुरू हुदै छ । गण्डकी प्रदेशकी माननिय सभासद ललिताकला गुरुङ्गले मोदी गाउँ पालिकाको पैदल मार्गको लागि प्रदेश बजेट छ लाख पचास हजार रकम विनियोजन गरेकि थिइन । जिल्ला समन्वयकाे सुझाव अनुसार कार्यान्वयन गर्दै पैदल मार्ग निर्माण तीव्र गतिमा रेलिङ राख्ने वडा अध्यक्ष लामिछानेले बताए ।
यस पैदल मार्गले तिलाहार, दराक ,र थामार्जुङ लाई हिड्न सजिलो हुने यस गाविसका वडा नं , 6 का वडा अध्यक्ष दिपेन्द्र जगं लामिछानेले बताए ।
उनले भने अझै यो पैदल मार्गले धेरै ठाउँमा समेट्न सक्ने बजेटकाे माग गरेका थिए । यसले पन्चासे धार्मिक तथा पर्यटकीय स्थलहरूमा साथै चित्रे राम्जाकोटलाई समेटने गरि बजेट पठाउन सुझाव दिएका थिए । पर्यटक आउने क्रम जारी हुने र पर्यटकीय हिसाबले महत्वपूर्ण क्षेत्र हुने कुरा बताएका थिए ।
लामिछानेले वडाबाट छुटिएको रकमले कृषि र पशुपालनलाई जोड दिने बताए । उनले पछिल्लो समय भएको उत्पादनलाई हेर्दा सबै प्राविधिक विधि मात्र भएको र रासायनिक मलको प्रयोग धेरै भएको बताए । यसरी रासायनिक मलको अत्याधिक प्रयाेगले शारिरिक रुपमा असर पर्ने भएकाले प्राङगारिक मलको प्रयोग गर्न साथै पशु पाल्न गर्न सुझाव दिए ।
उनले मिनि टेलर हलो जोत्न र रासायनिक मल प्रयोग नगर्न अनुराेध गरेका छन् । गाई गोरू पालने र जसले गोरू पालि खेति गर्न चाहने किसानलाई अनुदानमा दान बजेट कार्यान्वयन गरिएकाे बताए । पछिल्लो समय पसुपालन लोपोन्मुख हुदै गएकोले यसलाई बजेट मार्फत कार्यान्वयन गर्न खोजेको बताए ।

