Saturday, April 25

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु

नेपालअखबार,  तनहुँ । मोबाइल चार्ज गर्ने क्रममा सोमबार करेन्ट लागेर तनहुँमा एक महिलाको मृत्यु भएको छ।

भानु नगरपालिका–९ निवासी ४५ वर्षीय तारा थापाको करेन्ट लागी मृत्यु भएको हो।

Advertisement

मोबाइल चार्ज गर्ने क्रममा प्लगबाट करेन्ट लाग्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

करेन्ट लागेर सख्त घाइते भएकी थापाको उपचारका लागि दमौली अस्पतालमा लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए।

मृतक थापाको शव अहिले दमौली अस्पतालको शवगृहमा राखिएको छ। रासस