नेपालअखबार, सुर्खेत। बिहीबार दिउँसो कालिकोटको सिम्ले खोलका भएको हाईस दुर्घटना परी एक जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । कर्णाली राजमार्ग अन्तर्गत खाडाचक्र नगरपालिका–८ सिम्ले खोला दिउँसो ३ः४५ बजेतिर कर्णाली प्रदेश ०२००१ ख २१० नम्बरको हाईस दुर्घटना भएको थियो।
जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख शिद्धराज न्यौपानेले हाईसमा झण्डै २० जनाजति सवार रहेको जानकारी दिए । उनका अनुसार मृत्युमा हाईसका सहचालक भनिएपनि पुष्टि भने हुन सकिएको छैन ।