Wednesday, April 29

भारतसंग हारेपछि नेपाली टिमका प्रशिक्षकले राजिनामा

नेपाली राष्ट्रिय महिला फुटबल टिमका प्रशिक्षक हरि खड्काले पदबाट राजीनामा दिएका छन्। आइतबार नेपाल भारतसँग पराजित भएसँगै उनले प्रशिक्षक पदबाट राजीनामाको घोषणा गरेका हुन्।
प्रशिक्षक खड्काले आफूले नैतिकताको आधारमा राजीनामाको घोषणा गरेको बताए।
जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलमा नेपाल फाइनलमा भारतसँग २-० गोलले पराजित भएको हो। हारसँगै नेपालले रजतमा चित्त बुझाएको छ।
११ औं सागबाट समावेश भएको महिला फुटबलमा नेपालले अहिलेसम्म स्वर्ण जितेको छैन। दुवै पटक भारत बाधक बन्यो।
अघिल्लो सागमाआयोजक भारतसँग २-१ ले पराजित हुँदा नेपालको स्वर्ण सपना तुहिएको थियो।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *