Saturday, July 25

ट्विटर चलाएको आरोपमा ३४ वर्ष जेल

नेपालअखबार, एजेन्सि। साउदी अरबको एक अदालतले सामाजिक सञ्जाल ट्विटरमा सरकारको विरोध गरेको र असन्तुष्टहरूका ट्विटलाई रिट्विट गरेको आरोपमा एक जनालाई ३४ वर्षको जेल सजाय सुनाएको छ।

Advertisement

द गार्डियन समाचार पत्रका अनुसार बेलायतको लिड्स विश्वविद्यालयमा पढिरहेकी ३४ वर्षीया सल्मा अल-सेहाबलाई ३४ वर्ष जेल सजाय सुनाइएको हो। उनीमाथि इन्टरनेटका माध्यमबाट सार्वजनिक शान्ति खलबल्याएको र राष्ट्रिय सुरक्षालाई खलल पुर्‍याएको आरोप थियो।

Advertisement
Advertisement

उनले निर्वासनमा रहेका अहिलेको साउदी सरकार विरोधीहरूका ट्विटलाई कहिलेकाहीँ रिट्विट गर्थिन्।

Advertisement

उनको ट्विटर एकाउन्टमा २५९७ जना फ्लोअर्स रहेका छन्।

पिएचडी गर्न बेलायत गएकी उनी सन् २०२० को डिसेम्बरमा आफ्ना श्रीमान् र दुई छोराछोरीलाई पनि बेलायत लैजानका लागि साउदी फर्किएकी थिइन्। तर उनलाई प्रहरीले पक्राउ गरेर सोधपुछ थालेको थियो।

यसबारे जिज्ञासा राख्दा ट्विटरले कुनै प्रतिक्रिया नदिएको गार्डियनले उल्लेख गरेको छ।

ट्विटरमा साउदी अरबका अर्बपति राजकुमार अल्वालिद बिन तलालको किंगडम होल्डिङ्स कम्पनीको ५ प्रतिशतभन्दा बढी सेयर छ।