Friday, July 3

तीन महिनापछि सुकेटार विमानस्थलमा उडान

नेपालअखबार,  फुङ्लिङ । प्रतिकूल मौसमका कारणले अवरूद्ध रहेको ताप्लेजुङको सुकेटार विमानस्थलमा तीन महिनापछि उडान भएको छ। नेपाल एयरलाइन्सले आज उडान भरेको हो।

Advertisement

जहाजले काठमाडौंबाट सात यात्रु लिएर आएको र ताप्लेजुङबाट पाँच यात्रु लिएर काठमाडौं फर्केको नेपाल वायुसेवा निगम ताप्लेजुङ कार्यालय प्रमुख लोकेन्द्र लिम्बूले जानकारी दिए।

Advertisement
Advertisement

उनका अनुसार अब तालिकाअनुसार सातामा सोमबार, बुधबार र शुक्रबार उडान हुनेछ। यात्रुको चापलाई मध्यनजर गर्दै केही समयपछि शनिबार पनि उडान थप्ने तयारी भइरहेको कार्यलयले जनाएको छ।

Advertisement

ताप्लेजुङबाट काठमाडौंसम्मका लागि हाल रु नौ हजार दुई सय भाडादर छ।

सुकेटार विमानस्थलमा गत जेठ १५ गते अन्तिम उडान भएको थियो। यात्रुले टिकट बुकिङ गरेपनि मौसमकै कारण जहाज आउन नसकेपछि उडान बन्द भएको थियो।

लामो समय अवरूद्ध भएको उडान सुरू भएसँगै पर्यटन व्यवसायी, होटल व्यवसायी र सर्वसाधारण उत्साहित भएका छन्। उडानले प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर पूजापाठ गर्न आउने तीर्थयात्रीलाई सहज हुनेछ। रासस