समाचारस्वास्थ्य

पछिल्लो २४ घन्टामा देशभर थप २९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

नेपालअखबार, काठमाडाैं  । पछिल्लो २४ घन्टामा देशभर थप २९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार २९९ जनामा संक्रमण पुष्टि भएको हो।

४ हजार ३३७ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।

१६७० जनाको पिसिआर र २६६७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर ४६२५ जना सक्रिय संक्रमित छन्।

५७७ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ।

the authoradmin