Sunday, April 19

एमालेमै बसेको भए दश भाइजस्तै हरिबिजोग हुने रहेछ : अध्यक्ष नेपाल

नेपालअखबार, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेमै बसेको भए हरिबिजोग हुने बताएका छन् ।

शनिबार युवा संघ उपत्यका विशेष कमिटीको कार्यक्रममा अध्यक्ष नेपालले एमालेमा दश बुँदे सहमति गरेर बस्ने नेताहरुको हरिबिजोग रहेको बताए ।

Advertisement

‘एमालेमै बसेको भए यतिखेर दश भाइ जस्तै हरिबिजोग हुने रहेछ’, अध्यक्ष नेपालले भने । तर एकीकृत समाजवादी बनाएर अगाडि बढ्ने चट्टानी अडान लिएको उनले बताए ।

‘अहिले हामी राष्ट्रिय शक्ति बनेका छौं, ६ हजार ७४३ वडामा हामी छौं’, अध्यक्ष नेपालले भने ।