Monday, April 20

वर्तमान समयमा नेकपा एसमा जनताको आर्कषण बढ्दै : अध्यक्ष नेपाल

 नेपालअखबार, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टि  एकिकृत समाजवादि डोटि काठमाण्डौ सम्पर्क मञ्चद्वारा आयोजित कमिटि पुनर्गठन तथा कार्यकर्ता भेलामा विभिन्न राजनितिक दल परित्याग गरि ५५ जना नेकपा एसमा प्रवेश गरेका छन् ।
पूर्व प्रधानमन्त्री तथा नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले कार्यकर्तालाई मैले के पाए होइन मैले के गर्न सके भनि प्रश्न गर्नु पर्ने बताए । वर्तमान समयमा कार्यकर्ता सचेत र सजक रहन आग्रह गरेका छन् । निर्वाचन नजिकिदै गर्दा जनतामा भ्रम छर्ने कृयाकलाप बढ्ने बताउदै डोटेली जनताहरु त्यस्ता भ्रम चिर्न डटेर लाग्नु पर्ने बताएका छन् । नेकपा एसको मुख्य उदेश्य नै समाजवाद लागु गर्नू हो । लोककल्याणकारी राज्यको स्थापना गर्दै जनताको हितमा अघि बढ्ने पाटिको रुपमा परिचित रहने बताए । वर्तमान समयमा नेकपा एसमा जनताको आर्कषण बढ्दै गएको बताए ।
विषेश अतिथि पूर्व  संस्कृतिक, पर्यटन तथा  नागरिक उड्डयन मन्त्री  एवम् पोलिटव्यूरो सदस्य प्रेमवहादुर आलेले आफ्नो जिवनको अन्तिम इच्छा नै धनगढिमा आन्तराष्ट्रिय एअरपोर्ट निमार्ण गर्ने रहेको बताए । हिजो २०५१ सालमा साधारण सदस्यका रुपमा राजनितिमा सक्रिय आएका आलेले आज यहाँ सम्मको राजनैतिक यात्रा बढ्दै जादा देश र जनताको आशाको केन्द्रि बनेको बताए ।
नेतृत्व हस्तान्त्रण गर्दै अघि बढ्न चाहे पनि जनताको माग र वर्तमान राजनितिका कारण आफै राजनितिमा सकृय हुन परेको बताए । पूर्व मन्त्री आलेले युवाहरुलाई राजनिति जोडिने क्रममा सहि विचारको पहिचान गर्न आवश्यक रहेको बताए । वर्तमान अवस्थामा देश र जनताको साहरा नै नेकपा एस भएको बताए । आफूले सरकारको जिम्मेवारी निर्वाह गर्दा देश र जनताको सिर निहुरिन नदिएको बताए ।
पाेलिटब्यूराे सदस्य परमानन्द भट्ट र सिता रायमाझिले आफ्नाे मन्तव्य दिएका थिए।
स्वगतामन्तव्य पूर्ण संगम जेठाराले गरेका थिए ।  नेपाल कम्युनिस्ट पार्टि समाजवादि डोटि काठमाण्डौ सम्पर्क मञ्चका अध्यक्ष पूर्ण खड्काकाे अध्यक्षतामा कार्यत्रम सम्पन्न भएकाे थियाे ।