Saturday, July 11

रचना रिमाल भन्छिन् : संगीतकै कमाइमा आमा बुवालाई घर बनाएर राख्ने सपना पुरा भयो !

नेपालअखबार,काठमाडौं । अब संगीत रहर मात्र भएन, यो अर्थोपार्जनको एउटा लोभलाग्दो पेशा समेत बन्न थालेको छ । त्यसमा पनि कम उमेरमै नाम र दाम कमाउने सपना सबैको हुन्छ ।

Advertisement

पछिल्लो पुस्ताकी चर्चित गायिका रचना रिमालको दुबै हातमा नाम र दामका यी लड्डु छन् । केही महिना पहिले उनले आफ्नै कमाइमा घर बनाउँदै गरेको खबर सार्वजनिक भएको थियो । शनिबार मात्र उनले घर निर्माण कार्य पुरा भएको जनाउँदै आमाबुबालाई आफैले निर्माण घरमा राख्ने सपना पुरा भएको बताएकी छन् ।सामाजिक सञ्जालमा घरसहितको तस्बिर पोस्ट गर्दै उनी लेख्छिन्, ‘सानैदेखि बाबाममीलाई एउटा घर बनाएर राख्ने सपना थियो, सांगीतिक क्षेत्रबाटै यो सपना पुरा गर्छु भन्ने कल्पना नै थिएन तर, सबैको माया र आशिर्वादले गर्दा आज मेरो एउटा सपना पुरा भएको छ ।’झापाको चन्द्रगढीस्थित पुरानो घर भएको ठाउँमा चार कोठे पक्की घर निर्माण कार्य सकिएको उनले जनाएकी छन् । ‘बाबाममी यही घरमा बस्दै हुनुहुन्छ । माया, साथ, हौसला र आशिर्वाद दिनुहुने सबैमा नतमस्तक छु । सदैव यही क्षेत्रमा रहने सत्कर्म गर्नेछु ।’रचनाको यो पोस्ट लगत्तै उनलाई अन्य कलाकारले समेत बधाई दिएका छन् । पछिल्लो समय अन्य कलाकारले पनि कला क्षेत्रकै कमाइबाट घर र गाडी किन्न थालेका छन् ।

Advertisement
Advertisement

Advertisement