
नेपालअखबार, काठमाडाैं । कर्मचारी समायोजनसम्बन्धी विवादमा सर्वोच्च अदालतको फैसला सार्वजनिक भएसँगै लोकसेवा आयोगलाई सम्पूर्ण परीक्षा सञ्चालन गर्न बाटो खुलेको छ ।
कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, बमकुमार श्रेष्ठ र टङ्कबहादुर मोक्तानको आज बसेको संवैधानिक इजलासले लोकसेवा आयोगसम्बन्धी परेका सम्पूर्ण रिट निवेदन खारेज गर्दै परीक्षाका लागि बाटो खुला गरेको हो ।
कर्मचारी समायोजनसम्बन्धी ९९ थान रिट निवेदनमा गत साउन १७ गते नै सुनुवाइ सकेर फैसलाका लागि आइतबार मिति तोकिएको भए पनि सरेर आजका लागि निर्णय सुनाउने तय भएको थियो । रासस

