
नेपालअखबार, एजेन्सि। आर्थिक संकटबाट गुिज्ररहेको श्रीलंकालाई अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले आर्थिक सहयोग गर्ने भएको छ । आईएमएफले श्रीलंका सरकारलाई करिब ३ अर्ब अमेरिकी डलर ऋण दिने भएको हो । हालैमात्र श्रीलंका र आईएमएफबीच २ अर्ब ९० करोड अमेरिकी डलर बराबरको ऋण सम्झौतामा हस्ताक्षर भएको छ । यद्यपि, आईएमएफको व्यवस्थापन र कार्यकारी बोर्डबाट अनुमोदन भएपछि मात्र श्रीलंकाले उक्त सहयोग पाउनेछ
आईएमएफले ४८ महिना वित्तीय योजनामा श्रीलंकाको सरकारी आम्दानीमा वृद्धि गर्ने, इन्धन र बिजुलीको नयाँ मूल्य निर्धारण, सामाजिक खर्च बढाउने, केन्द्रीय बैंकको स्वायत्ततालाई बलियो बनाउने र घटेको विदेशी मुद्रा सञ्चितिको पुनरुत्थान गर्न सरकारी राजस्व बढाउने लक्ष्य राखेको छ ।

