Friday, August 21

मन्त्री कुँवरद्धारा ९ जना श्रमिकका गुनासो सम्बोधन

नेपालअखबार, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा गएर समस्यामा परेका ९ जना श्रमिकका गुनासो सम्बोधन । आईतबार मन्त्रालयमा ‘श्रमिकसँग श्रम मन्त्री’ कार्यक्रम अन्तरर्गत उहाँले ९ जना श्रमिकका गुनासो सम्बोधन गर्नु भएको हो

Advertisement

कार्यक्रममा  श्रमिकले मन्त्रीसँग भिजिट भिसामा दुबई गएर ठगिएको, रोमानिया पठाउने भनेर म्यानपावरले ठगेको, साउदीमा म्यानपावरले भने जस्तो काम नपाए समस्यामा परेको, पैसा नदिएका कारण मलेसिया जान नपाएको जस्ता गुनासोहरु राखेका थिए । पछिल्लो समय धेरैले विदेश जादाँ ठगिएको गुनासोहरु राख्ने गरेका छन् ।

Advertisement
Advertisement

मन्त्री कुँवरले मन्त्रालयमा ठगिएको भनेर आएका गुनासोलाई मन्त्रालयले सहजिकरण गर्ने बताउनु भएको छ । साथै उहाँले वैदेशिक रोजगारीमा पठाउने नाममा जताततै ठगी हुदाँ सरकारलाई अफ्ठ्यारो भइरहेको समेत बताउनु भयो ।

Advertisement

उहाँले म्यानपावरले श्रमिकबाट विदेश पठाउँछु भनेर पैसा लगेको प्रमाण नभएका कारण कारवाहीका गर्न समस्या भएको बताउनु भएको छ । मन्त्री कुँवरले श्रमिकलाई म्यानपावरले पैसा मागेपछि प्रमाण राखेर मात्रै पैसा दिन आग्रह गर्नु भएको छ ।

मन्त्री कुँवरले अहिलेसम्म तीन हप्ता श्रमिकका गुनासो सुन्नु भएको छ । अहिलेसम्म २९ जना श्रमिकले नेपाल र विदेशबाट प्रत्येक मन्त्रीसँग आफ्ना गुनासाहरु राखेका छन् । श्रमिकका गुनासोलाई मन्त्री कुँवरले तत्काल सम्बोधन गर्ने खालका भए तत्कालै र समय लाग्ने गुनासोहरु बैदेशिक रोजगार विभाग र बोर्डमा समाधानका लागि पहल गर्न अनुरोध गर्नु भएको छ ।
श्रमिकसँग श्रम मन्त्री कार्यक्रम हरेक हप्ताको आइतबार विहान ११ बजेदेखि १२ बजेसम्म मन्त्रालयको कल सेन्टरमा सञ्चालन भइरहेको छ ।