Friday, June 26

पूर्व पश्चिम राजमार्ग पहिरोले अवरुद्ध

नेपालअखबार, दाङ। पहिरोका कारण पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको छ।

दाङ लमहीको रिहार भन्दा झन्डै ४ किलोमिटर अगाडि पहिरोका कारण सडक खण्ड अवरुद्ध भएको हो।

Advertisement

जिल्ला प्रहरी प्रमुख एसपी बीरबहादुर वलीले पहिरो पन्छाएर सडक खोल्नका लागि डोजर पठाइसकिएको जानकारी दिए।

राजमार्ग अवरूद्ध हुँदा गन्तब्यतर्फ जान हिँडेका दर्जनौं गाडी रोकिएका छन्।

त्यस्तै जिल्लाको गढवा गाउँपालिकामा स्थानीय खोलामा आएको बाढीका कारण बीचमा फसेका एक जनाको सकुशल उद्धार गरिएको एसपी वलीले जानकारी दिए।