Friday, April 24

समानुपातिक उमेदवार छान्न माओवादी केन्द्रको पदाधिकारी बैठक जारी

नेपालअखबार, काठमाडाैं । समानुपातिक तर्फका उमेदवारको नाम चयनका लागि नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसेको छ।

पार्टी मुख्यालय पेरिसडाँडाँमा बसेको बैठकले संघ र प्रदेशसभाका लागि समानुपातिक तर्फका उम्मेदवारको नाम तय गर्ने बताइएको छ।

Advertisement

निर्वाचन आयोगले भोलिसम्म समानुपातिकतर्फको सूचि बुझाइसक्नुपर्ने समय तोकेको छ।

संघीय संसदको प्रतिनिधिसभाका लागि १ सय १० र सातै प्रदेश सभाका लागि २ सय २० जनाको नाम भोलिसम्म दलहरूले निर्वाचन आयोगलाई बुझाइसक्नुपर्छ।