Friday, April 24

पर्वतको मोदी गाउँ पालिकाकाे अनुरोध सडक पेटीमा राखिएको वस्तु हटाउनुस्

नेपालअखबार, ,  पर्वत । मोदी गाउँ पालिका वडा नं ६ तिलाहार पर्वतको वडा क्षेत्र अन्तर्गत पर्ने पोखरा बाग्लुङ राजमार्गको धौलागिरी प्रवेशद्वार देखि डिमुवा तिलाहार रातमाटा जोडने सडक तथा बजार ईलाका भित्र गल्लि गल्लि र सडक मा यात्रीलाई असहज हुने गरि राखिएको वस्तु हटाउन मोदी गाउँ पालिका वडा नं ६ ले अनुरोध गरेको छ ।
पटक पटक सुचना जारी गरिएको छ र यसै वडाका अध्यक्ष दिपेन्द्र जग लामिछानेले पनि यस्तो समस्याले दुर्घटना निम्त्याउन सक्छ र यसले गर्दा सहजैसंग हिडुल गर्ने पनि अपठ्यारो पार्न सक्ने यस्ता बिषयमा सबै सचेत हुन जरुरी  रहेकाे बताए ।   हामीले जनताको हितमा काम गर्ने लागि रहेको बताए  र जनताले पनि काम गर्न वातावरण बनाई दिना आग्रह गरेकाछन् ।  वडाले सधैं जनताको पक्षमा काम गर्ने बताउदै डिमुबा बजर सानो बजार भयता पनि ब्यबस्थाि नभएको र सडक पेटी सामग्री राखि अबरोध नगर्न आग्रह गरेकाछन् ।
जो कसैले पनि सार्वजनिक जग्गा मिचि बनायको संरचना तुरून्त हटाउन वडा कार्यालय अनुरोध गरेकाे छ ।
साथै यो सुचना पटक पटक प्रकाशित गरिसकेकोले नियम बिपरित यस्तो वस्तु तथा संरचना हटाउन वडा कार्यालय वाध्य हुने यसको जवाफ देहि जोसँग सम्बन्धित नै हुनेछन् भनिएकाे छ ।  सानो लापरबाहीले ठुलो दुघर्टना निम्ताउन सक्छ यो जनचेतना जगाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । सबै मोदी बासिन्दाहरुलाई जनहितमा जारी काम गर्न वडा सधैं तत्पर रहेको  जानकारी गराएका छन्।