नेपालअखबार, काठमाडाैं । निर्वाचन आयोगले असोज १२ गते बुधबारदेखि निर्वाचन आचारसंहिता २०७९ पुर्ण रुपमा लागु गर्ने भएको छ । आयोगको मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको हो । यसअघि भदौ १३ गते नै राजपत्रमा प्रकाशित भैसकेको निर्वाचन आचारसंहिताको पालना गर्नु सवैको दायित्व भएको बताएको छ ।
निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता, तथा भयमुक्त वातावरण कायम राख्न आचारसंहितालाई सवैले पालना गर्नुपर्ने आयोगको भनाइ छ । आचार संहिताको परिच्छेद ३ मा नेपाल सरकार, प्रदेश सरकार, मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले पालना गर्नुपर्ने आचरण उल्लेख छ ।
तर सरुवा रोगको महामारी वा प्राकृतिक विपद सिर्जना भएमा आयोगको स्वीकृतिमा त्यस्ता काम गर्न पाइनेछ । साथै कुनै राजनीतिक पदको सिर्जना नियुक्ती भत्ता बृद्धि, आर्थिक सुविधा वा पुरस्कार प्रदान गर्न नहुने पनि आयोगले जनाएको छ । निर्वाचनको काम बाहेक निर्वाचन सम्पन्न नभएसम्म सरकारले कर्मचारीको सरुवा समेत गर्न आचारसंहिताले बन्देज गरेको छ । साथै आयोगको अनुमतिमा मुलुकको प्रतिनिधित्व गरी विदेश भ्रमणमा जानबाहेक अन्य प्रयोजनका लागि बैदेशिक भ्रमणमा जान समेत सरकार र मन्त्रीहरुलाई बन्देज लाग्नेछ ।