Sunday, May 31

सभामुख सापकोटाले छाडे सरकारी निवास

नेपालअखबार,काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सरकारी निवास छाडेका छन् ।

प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ताको अघिल्लो दिन शनिबार सापकोटा सरकारी निवास छाडेर निजी निवासमा फर्किएका हुन् ।

Advertisement

उनले सभामुखको रुपमा पाउने सरकारी सेवा सुविधा पनि छाडेको उनका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।

सरकारी सेवा सुविधा छाड्नु अगाडि सापकोटाले पत्रकार सम्मेलन गरेका थिए । उनले आसन्न चुनाव नलड्ने पनि घोषणा गरेका छन् ।