खेलकुद

नवौं राष्ट्रिय खेलकुदको समापनका लागि प्रधानमन्त्री देउवा पोखरामा

Nepal Akhabar

३ कात्तिक, पोखरा । नवौं राष्ट्रिय खेलकुदको समापनका लागि प्रधानमन्त्री शेरबहादुर देउवा पोखरा पुगेका छन् ।

उनले प्रतियोगिता मुख्य आयोजनास्थल पोखरा रंगशालामै पुगेर विभागीय टिम नेपाल आर्मी र एपीएफबीच स्वर्ण पदकका लागि भइरहेको फुटबल प्रतियोगिता हेरेका छन् ।नवौं संस्करणको राष्ट्रिय खेलकुद कात्तिक २८ गते उपराष्ट्रपति नन्दकिशोर पुनले औपचारिक उद्घाटन गरेका थिए । दशौं संस्करण कर्णाली प्रदेशमा आयोजना हुने राष्ट्रिय खेलकुद परिषदले यसअघि नै निर्णय गरिसकेको छ ।