अपराधविश्वसमाचार

अमेरिकी विद्यालयमा गोली चल्यो, ३ जनाको मृत्यु

Nepal Akhabar

नेपालअखबार, एजेन्सि। संयुक्त राज्य अमेरिकाको मिजुरी राज्यको सेन्ट लुइस उच्च विद्यालयमा  गोली चल्दा बन्दुकधारीसहित तीन जनाको मृत्यु भएको छ ।

बन्दुकधारीले गोली प्रहार गरेर दुई जनाको हत्या गरेपछि प्रहरीले गोली हानेर एकजना संदिग्ध व्यक्तिको हत्या गरेको सञ्चारमाध्यमहरूले जनाएका छन् ।

मारिनेहरूमा एक वयस्क महिला र एक किशोरी रहेको बताइएको छ । उक्त घटना सेन्ट्रल भिजुअल एण्ड परफर्मिङ आर्ट्स हाई स्कूलमा भएको थियो । गोली प्रहार गर्नेलाई प्रहरीले विद्यालयभित्रै गोली हानेको प्रहरी कमिश्नर माइक साकले बताए ।

the authoradmin