Sunday, August 23

पाकिस्तानसँगको मैत्रीपूर्ण फुटबलका लागि प्रशिक्षकले डाके ३० खेलाडी

नेपालअखबार, काठमाडौं । पाकिस्तानसँगको मैत्रीपूर्ण खेलका लागि नवनियुक्त कार्यवाहक प्रशिक्षक प्रवेश कटुवालले ३० खेलाडीलाई टिममा बोलाएका छन् ।

Advertisement

नेपालले पाकिस्तानसँग ३० कात्तिकमा काठमाडौंको दशरथ रंगशालामा मैत्रीपूर्ण फुटबल खेल्दै छ ।

Advertisement
Advertisement

त्यसैको तयारीका लागि कटुवालले ३० खेलाडीलाई प्रशिक्षणमा बोलाएका हुन् ।

Advertisement

मच्छिन्द्र फुटबल क्लबलाई ए डिभिजन लिग जिताएका कटुवालले मैत्रीपूर्ण खेलका लागि सर्वोत्कृष्ट टिम छनोट गरेको दाबी गरे । अखिल नेपाल फुटबल संघ एन्फाबाट प्रशिक्षकको जिम्मेवारी पाए लगत्तै उनले टिम बनाएका हुन् ।

प्रशिक्षणमा डाकिएका खेलाडीहरु

विकास खवास, विकास तामाङ, सेसेहाङ आङदेम्बे, नवयुग श्रेष्ठ, तेज तामाङ, आभाष लामिछाने, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, देवेन्द्र तामाङ, रञ्जित धिमाल, पुजन उपरकोटी, सुदीप गुरुङ सुरजज्यू ठकुरी, सुजल श्रेष्ठ, एरिक विष्ट, बिमल घर्ती मगर, अञ्जन विष्ट, मनिष डाँगी, सुनिल बल, आशिष चौधरी, रितक खड्का, आयुष घलान, सन्जोग राई र निशान खड्का ।

गोलकिपर : किरण चेम्जोङ, विकेश कुथु, दीप कार्की र विशाल श्रेष्ठ ।