राजनीतिसमाचार

‘जनता नै न्यायाधीश’–एमाले उम्मेदवार मनबहादुर गुरूङ

नेपालअखबार, पोखरा । नेकपा (एमाले) को तर्फबाट कास्की क्षेत्र नम्वर १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार मनबहादुर गुरूङले आफ्ना जनता नै न्यायाधीश भएको बताएका छन् । सबैको चासो, गुनासो र आशालाई पूरा गर्ने पार्टी एमाले मात्रै भएको बताउँदै उनले जनताले नै न्यायाधीश भएर निर्वाचनमा एमालेलाई जिताउने विश्वास व्यक्त गरे ।
मादी गाउँपालिका वडा नम्वर १०÷११ मा उम्मेदवार भेटघाट तथा अन्र्तक्रिया कार्यक्रममा बोल्दै गुरूङले गठबन्धनले देशमा समस्या मात्रै सिर्जना गरेको बताउँदै देशमा समृद्धि ल्याउन एमालेको जित अनिवार्य भएकोे स्पष्ट पारे ।
एमाले कास्कीका अध्यक्ष समेत रहेका उनले एमाले सबैको साझा पार्टी भएको बताउँदै मंसिर ४ गते हुने निर्वाचनमा तुलनात्मक रूपमा एमालेले राम्रो नतिजा ल्याउने दावी गरे ।
स्थानीय धनबहादुर कार्कीले विकास गर्ने पार्टी नै एमाले भएकोले सबै मिलि एमालेका उम्मेदवारलाई अत्यधिक मतले विजय गराउने आजको आवश्यकता भएको उल्लेख गर्दै सबै स्थानीयलाई सूर्य चिन्हमा मतदान गर्न आग्रह गरे ।
एमाले उम्मेदवारहरले आज वाचोक, बरालडाँडा, उपल्लो साप्ले लगायत ठाउँमा घरदैलो भएको थिए ।
अन्य राजनीति पार्टी भन्दा तुलनात्मक रूपमा एमाले बलियो रहेको यस क्षेत्रमा अहिले एमाले उम्मेदवारहरुले भेटघाट कार्यक्रमलाई तीव्रता दिएका छन् ।

the authoradmin