राजनीतिसमाचार

अध्यक्ष नेपालसहित एकीकृत समाजवादीको ७ स्थानमा अग्रता

Nepal Akhabar

नेपालअखबार, काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी पार्टी) ले प्रतिनिधि सभातर्फ हालसम्म ७ स्थानमा अग्रता कायम गरेको छ । अध्यक्ष माधवकुमार नेपालसहित ७ उम्मेदवारले अग्रता कायम गरेकामा ६ स्थानमा आफ्नै पुरानो पार्टी नेकपा एमालेले पछ्याइरहेको छ भने एक स्थानमा स्वतन्त्र उमेदवारले समाजवादीलाई पछ्याइरहेको छ ।

कुन स्थानमा कसको अग्रता ?

एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले रौतहत–१ बाट अग्रता कायम गरिरहेका छन् । निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका अजय कुमार गुप्ताले ५८३९ मत प्राप्त गरिराख्दा अध्यक्ष नेपालले ६४३१ मत ल्याएका छन् । नेपाल र गुप्ताबीचको मतान्तर ५४२ रहेको छ ।

यस्तै, बागमती प्रदेशका मुख्यमन्त्री समेत रहेका राजेन्द्र पाण्डेले धादिङ १ बाट लिड गरिहेका छन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका भूमिप्रसाद त्रिपाठीले ५१८८ मत प्राप्त गर्दा पाण्डेले ५३७१ मत प्राप्त गरेका छन् । मेटमणि चौधरीले दाङ १ बाट २०२६ मतले अग्रता कायम गर्दै गर्दा एमालेका शान्ता चौधरीले १३०१ मत प्राप्त गरेकी छिन् ।

यस्तै, सल्यान १ बाट प्रकाश ज्वालाले ७१२९ मतले अग्रता कायम गर्दैगर्दा स्वतन्त्र उमेदवार राजेन्द्रबहादुर शाहले ३७०२ मतसहित ज्वालालाई पछ्याइरहेका छन् । यस्तै, बारा ४ बाट कृष्णकुमार श्रेष्ठले २३०५ मतसहित लिड गर्दै गर्दा एमालेका एकवाल मियाँले १९३७ मतले पछ्याइरहेका छन् ।

यस्तै, अछाम १ बाट शेरबहादुर कुँवरले १०३१ मतसहित अग्रता कायम गर्दा एमालेका झपटबहादुर बोहोराले १४५० मत प्राप्त गरेका छन् ।  उता डोटी १ बाट प्रेमबहादुर आलेले ४०४९ मतसहित अग्रता कायम गर्दै गर्दा एमालेका गौरीकुमारी ओलीले २३९२ मतले आलेलाई पच्छ्याइरहेका छन् ।

the authoradmin