Friday, April 24

खाद्य कार्यालय काभ्रेका प्रमुख मृत फेला

नेपालअखबार, काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काभ्रेका प्रमुख दीपेन्द्र घिमिरे मृत फेला परेका छन् ।

शुक्रबार दिउँसो सवा १२ बजे कार्यालय भवनको चौथो तलामा झुण्डिएको अवस्थामा उनलाई मृत फेला पारेको प्रहरी निरीक्षक रजोश घिमिरेले जानकारी दिए ।

Advertisement

घिमिरेका अनुसार मुचुल्का तयार गरेर शवलाई पोष्टमार्टमको लागि धुलिखेल अस्पताल लगिएको छ । उनको मृत्युका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।