Thursday, May 7

एकीकृत समाजवादीका अध्यक्ष नेपाल सँग अमेरिकाका नवनियुक्त राजदूतको भेट

नेपालअखबार,काठमाडौं । नेकपा ( एकीकृत समाजवादी ) का अध्यक्ष माधवकुमार नेपाल सँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूतले शिष्टाचार भेटघाट गर्नुभएको छ ।

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगमा आज महामहिम डिन थम्पसनले  अध्यक्ष नेपाललाई  शिष्टाचार भेट गर्नुभएको हो ।

Advertisement

भेटघाटमा अध्यक्ष नेपालले राजदूतलाई  पार्टी केन्द्रीय कार्यालयमा हार्दिक स्वागत गर्दै   कार्यकाल सफलताको कामना सहित नेपाल अमेरिका सम्बन्धका विविध विषयमा कुराकानी भएको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ  ।