प्रविधिप्रशासनसमाचार

आज नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा डेमो उडान

नेपालअखबार, पोखरा । नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज प्रदर्शन (डेमो) उडान हुने भएको छ । आज यति एयरलाइन्सले बिहान १० बजे र बुद्ध एयरले २ बजे यो विमानस्थलमा डेमो उडान गर्दैछन् ।

दुवै कम्पनीका जहाज पोखरास्थित पुरानो विमानस्थलबाट उडेर नयाँ विमानस्थलमा अवतरण गर्ने छन् ।नवनिर्मित विमानस्थलमा १ जनवरी २०२३ बाट आन्तरिक उडान समेत सर्दैछ । त्यसको तयारीका लागि आज प्रदर्शन उडान गर्न लागिएको हो ।

the authoradmin