Thursday, April 23

काठमाडौंको हसनटारबाट चितुवा नियन्त्रण

नेपालअखबार, काठमाडाैं । काठमाडौंको हसनटारबाट एउटा चितुवालाई नियन्त्रणमा लिएको छ।

आइतबार बिहान सवा १० बजे नागार्जुन नगरपालिका-७ हसनटारबाट नियन्त्रणमा लिइएको हो।

Advertisement

चितुवाले कुकुरहरू खाएर दु:ख दिएपछि प्रहरीलाई खबर गरिएको थियो। त्यसपछि वन कार्यालयलाई बोलाएर चितुवालाई नियन्त्रणमा लिएको हो।

अहिले उक्त चितुवालाई ललितपुरको जावलाखेलस्थित चिडियाखानामा लगिएको छ।